त्यो ‘इनफ इज इनफ ’आन्दोलन | Khabarhub Khabarhub

त्यो ‘इनफ इज इनफ ’आन्दोलन


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गएको वर्ष कोभिड महामारीले मानव सभ्यतामाथि नै गम्भीर प्रहार गरी रहेको समयमा पनि संसारका केही देशमा विरोध प्रदर्शन, नारा जुलुस, प्रहरीको दमन, सैन्य कु लगायतका समाचारहरू सामान्य बने ।

यस्ता घटना प्राय: मध्यम तथा निम्न आय भएका देशमा भएका थिए । संसारका प्राय: मानव अधिकारवादी सङ्गठनको चासो पनि यी घटनामा भए । यस्तै घटना भएको थियो, नाइजेरियामा पनि ।

२०२० को २० अक्टोबरको दिन एडिसोलाले नाइजेरियाको लेकी टोल गेटमा बन्दुक चलेको खबर सुने लगत्तै मन थाम्नै सकिनन् । उनी एक्कासि आत्तिएकी थिइन् । कारण थियो, प्रहरीको विरुद्धमा भएको हजारौँको प्रदर्शनमा उनका छोरा पनि समावेश थिए ।

छोरालाई फोन सम्पर्क गर्न खोज्दा सफल नभए पछि उनी ट्याक्सी रोकेर घटना स्थलतर्फ गएकी थिइन् । त्यहाँ पुगे पछि त उनको पीडा असह्य भयो । उनले आफूलाई सम्हाल्न सक्ने अवस्था नै थिएन । सबै जना उनको छोराको ढलेको शरीरतर्फ लम्की रहेका थिए । उनका छोराले केही समयमा नै संसार छाडे ।

आफ्नै छोराले आफ्नै पाखुरामा रहेर सास गुमाएको दर्दनाक कहानी ती आमाले अहिले पनि रुँदै सुनाउँछिन् । ‘त्यहाँ पुग्दा उसको शरीरबाट रगत बगिरहेको थियो । छातीमा लागेको गोली पछाडिबाट निस्किएको थियो । उसको कुनै होस नै थिएन । सबै लुगा च्यातिएका थिए ।’ त्यो पीडा अहिले पनि उनले रुँदै सुनाउने गरेकी छन् । चोटका बाबजुद उनका छोरा त्यो समयसम्म जिउँदै थिए ।

‘अरू घाइतेलाई आफ्ना आफन्तले बोकेर लगिरहेका थिए । मैले पनि मेरो छोरालाई बोकेर लैजान खोजेको हुँ । उसले बाच्ने आशमा पीडासहित मेरो अनुहारमा हेरिरहेको थियो । मैले अस्पताल लगेर बचाउन सकिन्छ कि भनेर एउटा कारलाई अनुरोध गरेँ । तर, उसले मानेन।’

छोरा बाँच्ने आशमा अन्तिमसम्म गरेको प्रयासलाई उनी अझै सम्झन्छिन् । ३२ वर्षीय ती युवाले छाडे पछि १४ र ९ वर्षका ती बच्चा अनाथ बने । उनीहरूकी आमा पनि पहिले नै यो संसारबाट बिदा भई सकेकी छन् । अहिले ती बच्चाको लालन पालनको जिम्मा हजुर आमाको काँधमा छ।

एडिसोला छोराको शव पाएकै कारण पनि आफूलाई भाग्यमानी सम्झन्छिन् । धेरैले यो अवसर पाएका छैनन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाले त्यो समयको तथ्य पत्ता लगाउन अहिले पनि प्रयास गरिरहेका छन् । हराइरहेकाहरूको परिवारसँग उनीहरूले सम्पर्क गरिरहेका छन् । त्यो घटनामा पहिले सेनाले र पछि प्रहरीले गोली चलाएका थिए । प्रहरीले त्यस क्षेत्रमा एम्बुलेन्स प्रवेश गर्नसमेत दिएको थिएन ।

दुई साता चलेको भ्रष्टाचार विरोधी आन्दोलनमा प्रदर्शनकारीले लिएको भिडियो र तस्वीरु सार्वजनिक गर्दै सो समयको ज्यादतीका बारे सबैलाई जानकारी दिने काम अझै छ । सेनाले भने आफूहरू उपस्थित भए पनि गोली नचलाएको दाबी गरिरहेको थियो ।

अन्तर्राष्ट्रिय निकायले घटनाको छानबिन नभएको आरोप लगाइ रहेको समयमा यसै साता रिपोर्ट सार्वजनिक भएको छ । भ्रष्टाचार विरोधी अभियानको नाममा गत वर्षको अक्टोबरमा सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई दमन गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेर मान्छे मारेको घटना अहिले यो रिपोर्टमा जनाइएको छ ।

प्रहरीले गोली चलाउँदा ४८ जना हाताहत भएका थिए । ‘इन्ड रोबरी’को नाममा प्रहरी विभागमा भएको भ्रष्टाचारका कारण यसलाई अन्त्य गर्ने मागसहित भएको विद्रोहका क्रममा प्रहरीले अन्य सबै खाले आक्रमण गरेपछि अन्त्यमा गोली प्रहार गरेको थियो ।

इन्क्वाइरी प्यानलले दिएको जानकारी अनुसार प्रहरीले २० अक्टोबरको दिन लेखी टोल गेटमा गोली प्रहार गरेको हो ।

प्रहरीले ती सबैलाई दमन गरेपछि र भाग दौड मच्चिए पछि पनि आक्रमण गर्न छाडेको थिएन । प्रदर्शनलाई न्यूनमा झार्ने लक्ष्यका साथ प्रहरीले त्यहाँ सुनसान नै बनाएको थियो । कतिपयलाई ट्रकमा राखेर लगिएको थियो ।

यो समाचार अन्तर्राष्ट्रिय समाचार संस्था र एमनेस्टी इनटरनेसनलले पनि प्रकाशमा ल्याएका थिए ।

त्यो छानबिन समिति गठन गर्ने लागोसका स्टेट गभर्नर बाबाजीडे ओन्सु ओलुले सही तथ्य पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘यो प्रक्रियाले हामीलाई फेमरी मेलमिलाप, पुनर्स्थापना र मेलमिलापको बाटोमा लैजाने छ ’ छानबिन कमिटीको प्रतिवेदन कार्यान्वयन पछिको अवस्थाबारे गर्भनरले भनेका छन् ।

ओलुले दुई सातामा छानबिनको ह्वाइट पेपर बाहिर आउने पनि बताएका छन् ।

‘सार्स युनिट’को विघटन पछि पनि यो घटनामा संसारको ध्यान आकृष्ट भएको थियो । एमनेस्टी इन्टरनेसनलले त्यो घटना पछि नाइजेरियाका अधिकारीहरूले कुनै पनि प्रदर्शनलाई स्वीकार नगर्ने र तत्काल तितरवितर पार्ने गरेको जनाएको छ ।

नाइजेरियामा अत्यधिक भ्रष्टाचार भएपछि आक्रोशित भएका हजारौँ युवा ‘इनअफइज इज इनफ’ को नारा सहित प्लाकार्ड बोकेर सडकमा उत्रिएका थिए । युवाहरूको पहिलो माग ‘सार्स’ भनेर चिनिएको प्रहरीको एन्टी रबरी युनिटलाई विघटन गर्ने थियो । यो माग बढ्दै गएर प्रहरी सङ्गठनको पुन संरचना र भ्रष्टाचार निर्मूलसम्म पुगेको थियो । आन्दोलन अवधिका लागि भनेर विभिन्न स्थानमा टेन्ट र बुथ नै खडा गरिएको थियो । घरमा नगएरै नै उनीहरू लगातार प्रदर्शनमा उत्रिएका थिए ।

एडिसोला अहिले पनि त्यो क्षण सम्झँदै भन्छिन्, ‘प्रहरीले गोली प्रहार गर्न आवश्यक नै थिएन, गोली प्रहार नगरेरै उनीहरूलाई तितर वितर पार्न सक्थ्यो ।’ उनले आफ्नो छोराले समृद्ध र भ्रष्टाचार मुक्त नाइजेरियाको सपना देख्दै प्रदर्शनमा सहभागिता जनाएको बताउँदै अन्तिम फोन कलमा शान्तिपूर्ण प्रदर्शन भई रहेको र रातभर त्यहीँ बिताउने बताएको सम्झी रहन्छिन् ।

सधैँको जसो आफ्नो कामबाट फर्किएका उनका छोरा त्यस दिन पनि कामबाट फर्केपछि रातको समयमा प्रदर्शनमा गएका थिए । त्यहाँ पुगे पछि नै उनले रातभर प्रदर्शनको तयारी हुने र आफ्ना सबै साथीले म्याट्रेस, ग्यास र खाद्य सामग्री बोकेर आएको बताएका थिए ।

यी दुखान्त घटनाको एक वर्षसम्म सत्य तथ्य बाहिर नआएकोमा ह्युमन राइट वाचले यसलाई आश्चर्यजनक भनेर प्रतिक्रिया जनाइ सकेको थियो ।

लागोस प्रान्तीय सरकारले सोही वर्षको अक्टोबरमै छानबिन कमिटी गठन गरेको थियो । यो रिपोर्टको सार्वजनिक हुन एक वर्षभन्दा बढी समय लागे पछि आलोचना त भयो नै । अबको यसको कार्यान्वयन र दोषी माथि कारबाही हुने या नहुने भन्ने प्रश्न बाँकी नै छ ।

नाइजेरियालाई कार्य क्षेत्र बनाएका ह्युमन राइट वाचका एन्टे एवांगले यो प्रतिवेदन पारदर्शी हुने या नहुने भन्ने कुरालाई आफूहरूले ध्यान पूर्वक हेरिरहेको बताएका थिए ।

यो घटना धेरै परिवारको क्षति र पीडासँग मात्र सम्बन्धित नभई राज्य माथिको विश्वासको आधार पनि भएको धेरै नागरिकको मत छ । कतिपय नाइजेरियालीलाई त्यहाँको कानुनी पारदर्शिता माथि नै विश्वास छैन भने थुप्रै नाइजेरियाली नागरिक अहिले पनि त्यो दर्दनाक रातमा भएको घटनामा दोषीलाई कारबाही हुने आशा गरेर बसेका छन् ।

त्यो आन्दोलनमा युवा खेलाडी, सङ्गीतकर्मी, व्यवसायी सबैको उपस्थिति थियो । त्यसै प्रदर्शनमा सहभागी सङ्गीतकर्मी डीजे स्वीचले प्रदर्शनको सबै विषय आफ्नो इन्स्टाग्राममा लाइभ गरेकी थिइन् । उनी अहिले पनि नाइजेरियाली नागरिकले न्याय पाउनेमा आशावादी छिन् ।

एडिसोला जस्ता अन्य धेरै नाइजेरियाली छन्, जसले आफ्नै अगाडी आफ्ना सन्तान गुमाए । यो रिपोर्ट १३ महिनामा बाहिर आए पछि यसको कार्यान्वयनको पाटोमै सायद त्यहाँका युवाको राज्य माथिको विश्वास र सम्मान निर्भर रहने छ ।

ती ४८ जना ज्यान गुमाउने ‘इनअफ इज इनफ’ आन्दोलनका सहभागीहरू संसारका सबै भ्रष्टाचार युक्त देशका युवाका लागि विद्रोह गर्न प्रेरणाका स्रोत बनेका छन् ।

-विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ०० बजे

भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट

काठमाडौं– भारतविरुद्धको पहिलो टेस्टमा बङ्गलादेश १४९ रनमा अल आउट भएको

जलवायु वित्त सार्वजनिक स्रोतबाटै ल्याउन दबाब दिन जनमार्च

काठमाडौं – विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले शनिबार (भोलि) जलवायु

लागूऔषध ट्रामाडोलसहित ६ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा लागूऔषध ट्रामाडोलसहित

वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्स-रे मेसिन जडान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले सञ्चालन गरेको वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल

रामकुमारीबारे माधव नेपाल- अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रको अराजक