विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड साढे ५० लाख नजिक « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड साढे ५० लाख नजिक


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड ५० लाख ४८ हजार नाघेको छ ।

पछिल्लो पटक ४ लाख ७८ हजार १३९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ करोड ५० लाख ४८ हजार ९४७ पुगेको हो ।

तीमध्ये २३ करोड ५ लाख ६० हजार संक्रमणमुक्त भइसकेका छन् भने ५१ लाख २९ हजार १४७ संक्रमितले ज्यान गुमाएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार थप ४ लाख २० हजार ७४८ कोरोनामुक्त भएका छन् भने ७ हजार ३४ जना निको भएका छन् ।

पछिल्लो पटक अमेरिकामा ८१ हजार ४३२, बेलायतमा ३७ हजार २४३, रुसमा ३६ हजार ८१८, टर्कीमा २५ हजार १०१, फ्रान्समा १९ हजार ७७८ र ब्राजिलमा ४ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अमेरिकामा ७७ हजार ६४८, बेलायमा ३९ हजार ५४०, रुसमा ३४ हजार ५४०, टर्कीमा ३४ हजार १६१, ब्राजिलमा १५ हजार ३२१ र फ्रान्समा ६ हजार ४५८ जना निको भएका हुन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २४०, अमेरिकामा एक हजार १९८, टर्कीमा २२७, बेलायतमा २१४, ब्राजिलमा १४० र फ्रान्समा ४७ संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : २८ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम