न्यायालयमा विवादमा सरकार मुख दर्शक हुनु हुँदैन : कांग्रेस नेता सिंह | Khabarhub Khabarhub

न्यायालयमा विवादमा सरकार मुख दर्शक हुनु हुँदैन : कांग्रेस नेता सिंह


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको विवादमा सरकार मुख दर्शक हुन नमिल्ने बताएका छन् ।

आज (बुधवार) विराटनगर विमानस्थलमा पत्रकारसँग नेता सिंहले न्यायालय स्वतन्त्र निकाय भए पनि त्यहाँ विवाद भएमा विधिसम्मत तरिकाले समाधान गर्नुपर्ने बताए ।

एक-दुई जना व्यक्तिका कारण सिङ्गो न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई छ ।

शेरबहादुर देउवाको नेतृत्व असफल भएकाले कांग्रेसलाई जनताले विश्वास गर्न छाडेको भन्दै उनले अब नेतृत्व परिवर्तन जरुरी भएको बताए ।

पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने समेत उनले दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : १३ बजे

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा– शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएका माछा बिक्रीमा रोक लगाएको

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके– चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन

गैँडाको आक्रमणबाट मृत्यु

चितवन– चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’

म्याग्दी– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै