ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण « Khabarhub

ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेन आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजनको सम्झौता गरेको हो । २०७६ सालमा भएको लिगको समेत प्रायोजक रहेको कतार एयरवेजले आगामी सिजनमा पनि सम्झौता गर्ने बताएको हो । कोरोना भाइरसको महामारीका कारण २०७६ पछि हुन नसकेको लिग शुक्रबारदेखि शुरु हुँदैछ ।

एन्फा अध्यक्ष शेर्पाले सबै स्तरका लिगलाई अझै बलियो बनाउन कतार एयरले स्पोन्सर गर्नुपर्छ भन्ने प्रस्ताव कतार फुटबल संघसमक्ष राखेको बताए । ‘यो सम्झौता नवीकरणसँगै आगामी समयमा रकम वृद्धि गर्ने आश्वासन पनि हामीलाई दिनुभएको छ,’ उनले भने, ‘गर्त वर्ष पनि लिग आयोजना भएको भए यसपालि प्रायोजन रकम बढ्थ्यो । तर, आयोजना नभएकाले बढेन । अर्को वर्ष बढ्नेमा आशावादी छौँ ।’

यस्तै, एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता पेरिस सेन्ट जर्मन र बायर्न म्युनिखसँग जस्तै सम्झौता हो । फुटबलको विकास गर्ने कतार एयरवेजको प्रमुख लक्ष्य रहेको बताउँदै उनले यो सम्झौताबाट खुसी लागेको जानकारी दिए । कतार एयरवेजले लिग सञ्चालनको प्रायोजन स्वरूप एन्फालाई एक करोड ५० लाखभन्दा बढी रकम दिनेछ ।

९१ खेल हुने सिंगल राउन्ड रोबिनको लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फाले लिगको दुई चरणको तालिका सार्वजनिक गरेको छ । सबै खेल दशरथ रंगशालामा हुनेछ । हप्ताको शुक्रबार, शनिबार, आइतबार र सोमबार हुने लिगको टिकट मूल्य सामान्यतर्फ एक सय र भिआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

दुई टोली रेलिगेसन हुने लिगको विजेताले ७५ लाख पाउँदा दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : २६ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा