महाकाली राजमार्गमा कालोपत्रे भन्दा खाल्डाखुल्डी धेरै | Khabarhub Khabarhub

महाकाली राजमार्गमा कालोपत्रे भन्दा खाल्डाखुल्डी धेरै


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँज–गोकुलेश्वर सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्किएपछि जिर्ण बनेको छ । राष्ट्रिय राजमार्गको विभिन्न खण्ड जिर्ण बन्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

दोगडाकेदार- ६ का रुपेश कार्कीका अनुसार केही ठाउँमा बाढी पहिरोका कारण कालोपत्रे उप्किएको देखिन्छ । केही ठाउँबाट ग्रामीण क्षेत्रतर्फ जाने शाखा कच्ची सडक खनिएकाले पनि राजमार्गको कालोपत्रे भत्किएको छ ।

महाकाली राजमार्गमा सतबाँजदेखि गोकुलेश्वरसम्म करिब २५ प्रतिशत सडक बिग्रिसकेको डिलाशैनी-६ गोकुलेश्वरका व्यवसायी सुरेश श्रेष्ठले बताए ।

उनले भने, ‘गोकुलेश्वर पुल ठोक्करदेखि बरम बजारसम्म करिब पाँच सय मिटर सडक पुरै बिग्रिएको छ । यसलाई बनाउनतर्फ कसैको ध्यान गएको छैन् । जिल्लाका अन्य ठाउँमा कालोपत्रे टाल्ने काम भए पनि गोकुलेश्वर क्षेत्रमा भने काम भएको छैन् । सडक विभागका प्रतिनिधिहरू भेटिन्छन् उनीहरूलाई पटक पटक भनेकै छौँ । स्थानीय सरकारदेखि सबैलाई घच्घच्याउँदा कुनै पनि सुनुवाई भएन ।’

श्रेष्ठले भने, ‘सबै तहका व्यक्तिहरू यही बाटो भएर दार्चुला सदरमुकाम आउजाउ गर्छन । तर, सडक बनाउन ध्यान गएको छैन । केही दिनअघि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु सडक बिग्रेकाले सडकमै गाडी रोकिएपछि हिँडेरै समेत जाए । तर, सडक बनाउन भने कुनै ध्यान दिएनन् ।’

सडकले दुर्घटनाको जोखिम बढाउन सक्ने भन्दै सडक निर्माण गरिदिन माग गरे पनि सुनुवाई नभएको स्थानियवसीको गुनासो छ । विभिन्न ठाउँमा उप्किएको कालोपत्रे, भत्किएका नाली तथा ह्युम पाईप व्यवस्थापनमा कसैले ध्यान नदिएको यातायात व्यवसायी हरिश नाथले बताए ।

सडक किनारमा स्थानीयवासीले वालुवा र गिट्टी थुपारेका कारण समेत दुर्घटनाको जोखिम बढेको उनले बताए । सडक साँघुरो भएकाले गाडीहरूलाई साइड दिन समस्या हुने गरेको व्यवसायी नाथको भनाइ छ ।

महाकाली राजमार्ग अन्तर्गतको सतबाँज–गोकुलेश्वर सडकखण्डका विभिन्न ठाउँमा समस्या देखिएकाले छिट्टै मर्मत गरिने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ । खाल्डाखुल्डीमा पुनः कालोपत्रे गर्न ठेक्का सम्झौता भैसकेकाले केही दिनभित्रै काम सुरू हुने डिभिजन कार्यालयका रमेश चौधरीले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ३० बजे

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको