दुई हजार खेल जित्ने पहिलो टिम बन्यो लिभरपुल « Khabarhub

दुई हजार खेल जित्ने पहिलो टिम बन्यो लिभरपुल


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले किर्तिमानी जित निकालेको छ । गए राती भएको खेलमा लिभरपुलले न्युक्यासललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एन्फिल्डमा सुरुवातमै लिभरपुल १-० गोलले पछि परेको थियो । न्युक्यासलका लागि जोन्सो सिल्भेले खेल सुरु भएको ७ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए ।

लिभरपुलका लागि डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट अलेक्जेन्डर अर्नाल्डोले गोल गरे । जोटाले २१ औँ मिनेटमा सुरुवाती बराबरी गोल गर्दा त्यसको चार मिनेटपछि सलाहले गोल गर्दै लिभरपुलको अग्रता २-१ मा पुर्‍याए । खेलको अन्त्यतिर अर्नाल्डोले गोल गरेर लिभरपुललाई ३-१ को जित दिलाएका हुन् ।

जितपछि लिभरपुल प्रिमियर लिगमा सर्वाधिक दुई हजार खेलमा जित निकाल्ने पहिलो टिम बनेको छ । यस्तै आर्सनलले १९२७ जित निकालेको छ भने एभरटनले १८७२ जित निकालेको छ । चौथो स्थानमा रहेको म्यान्चेष्टर युनाईटेडले भने १८५७ खेलमा जित निकालेको छ ।

जितसँगै लिभरपुल १७ खेलबाट ४० अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ । हार व्यहोरेको न्युक्यासल रेलिगेसनमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ०० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका