ए डिभिजन लिगमा आजबाट पाँचौँ चरणका खेल हुने « Khabarhub

ए डिभिजन लिगमा आजबाट पाँचौँ चरणका खेल हुने


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू आज शुरु हुँदैछ ।

पाँचौ चरणको पहिलो दिन आज दुई खेल हुने तालिका छ । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

आर्मीविरुद्ध मैदान उत्रदा सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ । ४ खेलमा ७ अंक जोडेर सातदोबाटो लिगको पाँचौं स्थानमा रहेको छ । आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलमा संकटा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ । संकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने मछिन्द्र १० अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ५३ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा