आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताउनुहोस्, जनताको नेता बन्नुहोस् : नेपाल (भिडियोसहित) « Khabarhub

आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताउनुहोस्, जनताको नेता बन्नुहोस् : नेपाल (भिडियोसहित)


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताएर जनताको नेता बन्न आह्वान गरेका छन् ।

राष्ट्रियसभाका सबै सिट जित्ने गरी गठबन्धनमा कसरत भइरहेको बताउँदै नेता नेपालले आगामी स्थानीय चुनावबाट एकीकृत समाजवादीलाई अब्बल बनाउन किसानहरू लाग्नु पर्ने बताए ।

उद्धार स्वंयम सेवक आवद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा आज काठमाडौँमा भएको ‘उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम‘ मा नेपालले भने,’तपाइँहरू किसान भए पनि ध्यान दिनूहोला अबको स्थानीय चुनावमा हामीलाई  जिताएर तपाइँहरू नै जनताको नेता बन्नुहोस् ।‘

‘वैशाखमा स्थानीय तहको चुनाव हुँदैछ । देशभर ४६० गाउँपालिका छन्, २९३ नगरपालिका छन् । त्यसमा १५०६ जना प्रमुख/उपप्रमुख हुन्छन,’ नेपालले भने,’६ हजार ७४२ वडाबाट ३५ हजार ३१ जना प्रतिनिधि हुन्छन् । त्यसमा जित्ने गरी हाम्रो तयारी छ । तपाइँहरूले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।‘

नेता नेपालले नेपालको अर्थतन्त्र र कृषि क्षेत्र आत्मनिर्भर बनाउँन वर्तमान सरकार र नेकपा एकीकृत समाजवादीले प्रोत्साहित गरिरहेको पनि बताए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ०० बजे

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश