६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै | Khabarhub Khabarhub

६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शक्तिशाली भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय ध्वस्त बनाएपछि नेकपा एमालेको मुख्यालय तेस्रो पटक सर्ने भएको छ ।

हाल थापाथलीबाट सञ्चालित हुँदै आएको केन्द्रीय कार्यालय अब च्यासल, ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । १२ वैशाख २०७२ को शक्तिशाली भूकम्पपछि बल्खुबाट धुम्बाराही, धुम्बाराहीबाट केही महिनाअघि मात्र थापाथली सरेको एमाले मुख्यालय अब च्यासल कम्तीमा पाँच वर्षसम्म रहनेछ ।

तीन महिनाभित्र कार्यालयका सम्पूर्ण शाखा सारिसक्ने योजनाअनुसार प्रतिष्ठानसँग सम्झौतासमेत गरिसकेको जनाए पनि एमालेले शुक्रबार भने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई थापाथलीमा नै पदभार ग्रहण गराएको छ ।

१०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले थापाथलीको कार्यालय च्यासलमा सार्ने निर्णय लिँदै तीन महिनाको समयसीमा तोकेको हो ।

‘तुल्सीलाल स्मृति भवन च्यासलबाट केन्द्रीय कार्यालय सञ्चालन गर्ने गरी पाँच वर्षका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता गरिएको छ, आवश्यकताअनुसार त्यस भवनको मर्मत/सम्हार तथा पुर्नव्यवस्था गरी तीन महिना भित्र सबै कार्यालय सारिसक्ने’ एमालेको निर्णयमा भनिएको छ ।

निणर्यानुसार केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी प्रतिष्ठानको जग्गामा नयाँ हल निर्माणमा पार्टीले लगानीसमेत गर्ने भएको छ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ३० बजे

ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

एजेन्सी – क्यानडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं– एनएमबी  बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ५१ हजार

किशोरीसँगै किशोरलाई आवश्यक छ ‘एचपीभी’ खोप

काठमाडौं – नेपालमा पाठेघरको मुखको क्यान्सर बढ्दो क्रममा छ। महिलामा

सामाजिक सञ्जाल विधेयक : पत्रकार महासंघ विपक्षमा उभिँदा सरकारलाई सकस

काठमाडौं– गत महिना सम्पन्न नेपाल पत्रकार महासंघको चुनावमा अध्यक्ष र

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला