बद्रि पाण्डे कांग्रेस सहमहामन्त्रीमा विजयी « Khabarhub

बद्रि पाण्डे कांग्रेस सहमहामन्त्रीमा विजयी


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगाणनामा पाण्डे पिछडिएको क्षेत्रको कोटामा सहमहामन्त्री निर्वाचित भएका हुन् ।

शेखर कोइराला प्यानलका पाण्डेले देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् । पाण्डेले २४११ र शाहीले २१३३ मत पाएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुन् ।

शुक्रबार पदाधिकारीको मतगणना सम्पन्न भएको छ । अब केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ । सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा उमाकान्त चौधरी, किशोरसिंह राठौर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र बद्रि पाण्डे विजयी भएका छन् । यस्तै दुईजना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

अब खुल्ला ३५ र अन्य आरक्षित गरी ११९ जना केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ४९ बजे

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी