टिपरको ठक्करले एकैपरिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा « Khabarhub

टिपरको ठक्करले एकैपरिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– एकैपरिवारका तीन जनाको टिपरको ठक्करबाट मृत्यु भएपछि शोकमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चुल्हो बलेको छैन ।

बिहीबार लहानमा टिपरले ठक्कर दिँदा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो ।

प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा लहान–३ स्थित लहान–ठाडी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१क २६२ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा तपन दाहालले जानकारी दिए ।

उनका अनुसार तीन जनाको मृत्यु भएको र एक जना घाइते छन् । एकैपरिवारको तीन जनाको मृत्यु भएपछि चलेको परिवारको रुवाबासीले गाउँ नै शोकमा डुबेको स्थानीय कविता यादवले बताइन् ।

‘मृतक परिवारमा रूवाबासी चलेपछि शोकले गाउँमा कसैको चुल्हो बलेको छैन,’ उनले भनिन् । न्युजकारखाना

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : १७ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न