ओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन « Khabarhub

ओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता डा भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

गृहजिल्ला अछाममा रहेका नेता डा रावलले शुक्रबार बान्नीगढी जयगढ गाउँपालिकामा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन् । तर, कसैले पाखा लगाउन खोजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उनको चेतावनी छ ।

रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको पनि बताए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको उनको भनाइ छ ।

विगतमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला आफूले पार्टीभित्रका समस्या समाधानका लागि विद्रोह गरेको तर पार्टी हितविपरीत कार्य नगरेको दाबी गरे ।

एमालेको नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टीभित्रका केही नेता चोइटिएर गएको बताउँदै रावलले माधव नेपालले पार्टी फुटाएर नेपाली जनताप्रति गद्दारी गरेको आरोप लगाए ।

पार्टी अध्यक्ष ओली र नेता माधव नेपालले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा पार्टी धेरै नेता कार्यकर्ता अन्यायमा पारेको बताए ।

रावलले एमालेमा रहेको विवाद समाधान गर्न र पार्टीलाई सुदृढीकरण गर्न आफूले अध्यक्ष पदमा उम्मेदवार दिएको तर आन्तरिक प्रतिस्पर्धामा पराजित भएको बताए ।

रावलले एमसीसी परियोजनालाई चोर बाटोबाट पास गर्न खोजिएको आरोप लगाए । नेपालमा एमसीसी परियोजना पास भए नेपाल र नेपाली जनताको स्वतन्त्रता र अस्तित्व नरहने उनको धारणा छ । न्युजकारखाना

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : २० बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय