ओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन « Khabarhub

ओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता डा भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

गृहजिल्ला अछाममा रहेका नेता डा रावलले शुक्रबार बान्नीगढी जयगढ गाउँपालिकामा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन् । तर, कसैले पाखा लगाउन खोजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उनको चेतावनी छ ।

रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको पनि बताए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको उनको भनाइ छ ।

विगतमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला आफूले पार्टीभित्रका समस्या समाधानका लागि विद्रोह गरेको तर पार्टी हितविपरीत कार्य नगरेको दाबी गरे ।

एमालेको नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टीभित्रका केही नेता चोइटिएर गएको बताउँदै रावलले माधव नेपालले पार्टी फुटाएर नेपाली जनताप्रति गद्दारी गरेको आरोप लगाए ।

पार्टी अध्यक्ष ओली र नेता माधव नेपालले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा पार्टी धेरै नेता कार्यकर्ता अन्यायमा पारेको बताए ।

रावलले एमालेमा रहेको विवाद समाधान गर्न र पार्टीलाई सुदृढीकरण गर्न आफूले अध्यक्ष पदमा उम्मेदवार दिएको तर आन्तरिक प्रतिस्पर्धामा पराजित भएको बताए ।

रावलले एमसीसी परियोजनालाई चोर बाटोबाट पास गर्न खोजिएको आरोप लगाए । नेपालमा एमसीसी परियोजना पास भए नेपाल र नेपाली जनताको स्वतन्त्रता र अस्तित्व नरहने उनको धारणा छ । न्युजकारखाना

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : २० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर