सातदोबाटोसँग रोकिँदा आर्मीले शीर्षस्थानमा उक्लने अवसर गुमायो « Khabarhub

सातदोबाटोसँग रोकिँदा आर्मीले शीर्षस्थानमा उक्लने अवसर गुमायो


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातदोबाटो युथ क्लबसँग अंक बाँडेपछि त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको पाँचौ चरणको पहिलो खेलमा आर्मीले सातदोबाटोसँग १–१ को बराबरी खेलेको हो ।

११औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । तर आर्मीले अग्रता लामो समय टिकाउन सकेन । १६औं मिनेटमा स्ट्राइकर अजई मार्टिन्सले सातदोबाटोलाई खेलमा फर्काए ।

आर्मी पाँच खेलमा नौ अंकसहित तेस्रो स्थानमा यथावत छ भने सातदोबाटो समान खेलमा आठ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ३५ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न