महाभारतका महत्त्वपूर्ण पाँच पात्र को को थिए ? « Khabarhub

महाभारतका महत्त्वपूर्ण पाँच पात्र को को थिए ?


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाभारत हिन्दू धर्म संस्कृतिको महत्वपूर्ण ग्रन्थ हो । महाभारतमा कयौं यस्ता पात्रहरु छन् जसको भूमिका निकै महत्वपूर्ण थिए । जो आन्तरिक समस्यासँग पनि जुधिरहेका थिए । महाभारतका केही महत्त्वपूर्ण पात्रहरुका बारेमा हामी यहाँ उल्लेख गर्न गइरहेका छौं ।

१. शकुनी

महाभारतका एक महत्त्वपूर्ण पात्र हुन् शकुनी । शकुनीका कारण नै महाभारतको युद्ध भएको थियो । उनी कौरवका पक्षबाट लडेका थिए । दुयोर्धनका मामा समेत रहेका शकुनी पाण्डवहरु मात्र नभइ कुरु वंश नै नाश गर्न चाहन्थे । उनका हर्कतको पछाडि उनीसँग भएको अत्याचारको कथा लुकेको छ ।

भीष्म पितामहले जब धृतराष्ट्रका लागि गान्धारीको हात माग्न गए तब शकुनीलाई यो कुरा मन परेन किनकी धृतराष्ट्र नेत्रहीन थिए । धृतराष्टसँग गान्धारीको विवाहको विरोधमा थिए सकुनी । तर गान्धारीको विवाह धृतराष्ट्रसँग नगर्दा समस्या उत्पन्न भयो र त्यसका लागि सकूनी बाध्य भए । उनमा प्रतिशोधको भावना थियो । त्यसपछि शकुनीले पाण्डव र कौरबका बीचमा प्रतिशोधको भावना उत्पन्न गराए । नेत्रहीन भिनाजु(धृतराष्ट्र) लाई उनले राजकाजमा सहयोग गरे र पाण्डवहरु विरुद्ध उस्काए जसका कारण युद्ध भएको थियो ।

२. कर्ण

महाभारतका अर्का महत्वपूर्ण पात्र हुन् कर्ण । कुन्ती पुत्र कर्ण कुशल योद्धा थिए र स्वभावले उनी बराबरका दानवीर कोही थिएन । तर आमा कुन्तीको एक गल्तीका कारण क्षत्रिय भएर पनि उनले जिन्दगी भर सूद्रको छोराको नामले चिनिए । सुद्र भएका कारण उनी सर्वगुण सम्पन्न भएर पनि द्रोपदीले विवाह गर्न अस्वीकार गरेकी थिइन् ।

कर्णले धेरै पछि मात्र आफू कुन्तीको छोरा भएको थाहा पाएका थिए । कुन्ती पुत्र भएपनि कर्ण कौरबको पक्षबाट पाण्डवहरुको विरुद्धमा लडेका थिए ।

३. कृष्ण

महाभारतका महत्वपूर्ण र मुख्य पात्र हुन् भगवान कृष्ण । मनमोहक भूमिका तथा युद्ध नीतिका अनौठो संगमले उनको लोकप्रियता प्रमाणित गरेको थियो ।

सत्य र असत्यको बीचको युद्धको रुपमा रहेको महाभारतमा कृष्णले सत्य(पाण्डव)को पक्षबाट युद्ध लडेका थिए । उनीले युद्धमा कृष्णको रथ हाँकेका थिए र पाण्डवलाई युद्ध मैदानमा जीत दिलाउनका लागि कृष्णले नै मार्गदर्शन गरेका थिए । कृष्णले रणभूमिमा अर्जुनलाई दिएको ज्ञान आज पनि गीताको रुपमा विश्व प्रसिद्ध र निकै महत्वपूर्ण धर्मग्रन्थको रुपमा रहेको छ ।

४. द्रौपदी

अनुपम सौन्दर्यको मालिक द्रौपदी सर्व गुणसम्पन्न कन्या थिइन् । उनको विवाह एक उच्च राजशी कुलमा भएको थियो तर कुन्तीको एक बचनले उनी पाँच पतिको पत्नी बनेकी थिइन् । यसपछि उनले आफ्नो जीवनको धेरै समय वनवासमा विताएकी थिइन् । द्रौपदीका विषयमा महाभारतमा धेरै कथाहरु छन् । केहीले उनको अभिमानका कारण महाभारत युद्ध भएको बताउने गरेका छन् भने केहीले उनीमाथिको अत्याचारका कारण युद्धको अवस्था बनेको थियो । राजसभामा मानिसहरुका बीचमा दुशासनले उनको चीरहरण गरेपछि द्रौपदीले आफ्ना पाँच पतीसँग दुर्योधन र दुशासनको हत्याको शपथ लिन लगाएकी थिइन् ।

५.भीष्म पितामह

भीष्मपितामह महाभारतका यस्ता महत्वपूर्ण पात्र हुन् जसले विपक्षी पाण्डव विरुद्ध लडाइ लडिरहँदा उनीहरुको जीतको कामना गरिरहे । कौरव सेनाका सेनापति समेत रहेका भीष्मले लिएको प्रतिज्ञालाई आज पर्यन्त पनि सम्मानका साथ लिइन्छ । उनले लिएको प्रतिज्ञाका कारण उनले विवाह गरेनन् र सिंहासनको रक्षाका लागि अन्तिम समयसम्म लडिरहे । इच्छा मरणको बरदान पाएका भीष्मपितामहका प्रिय थिए अर्जुन । भीष्म उनै अर्जुनको बाणका कारण शैयामा परे र आफ्नो जीवन त्याग गरे ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ५९ बजे

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई

विश्वकपमा १२ वर्षपछिको जित : दीपेन्द्रको प्रभाव र सोमपालको कमब्याकले दिलाएको खुसी

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै

सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि डा. विकास गौचन छनोट 

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण