एनआरएनए कतारले नेपाली श्रमिकको एक हप्तासम्म नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने « Khabarhub

एनआरएनए कतारले नेपाली श्रमिकको एक हप्तासम्म नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कोरोना संक्रमणलाई मध्यनगर गर्दै गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक हप्तासम्म नेपाली श्रमिकहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ।

कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिषद आगामी जनवरी २२ देखि २८ तारिखसम्म नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गरिने अध्यक्ष मुसलमानले बताए ।

उक्त कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रामा २२ जनवरी अर्थात आगामी शुक्रबार दिनको ४:०० बजेदेखि बेलुकी ९ बजेसम्म र बाँकी २३ जनवरीदेखि २८ तारिखसम्म बिहान ८ देखि बेलुकी ९ बजेसम्म सञ्चालन उनले बताए ।

माथि उल्लेखित मिति, स्थान र समयमा उपस्थित भैइ नि:शुल्क स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिन समेत कतारमा रहेका सम्पूर्ण नेपाली समुदाय सबैमा अनुरोध गरिएको छ ।

संघले यसघि पनि कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा ‘स्वास्थ्य नै ठूलो धन हो’ भन्ने उदेश्यका साथ कतारको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ८ : १० बजे

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष