ओलीले संसद होइन, संविधान र गणतन्त्र नै विघटन गरेको ‘प्रचण्ड’को आरोप (भिडियोसहित) « Khabarhub

ओलीले संसद होइन, संविधान र गणतन्त्र नै विघटन गरेको ‘प्रचण्ड’को आरोप (भिडियोसहित)


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन मात्र नगरेर संविधान र गणतन्त्रमाथि नै प्रहार गरेको आरोप लगाएका छन् ।

नेकपा दाहाल–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन ।

ओलीले अहिलेसम्म प्राप्त उपलब्धी ‘हत्या’ गर्ने काम गरेको उनले आरोप लगउए । उनले जनताले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिहरुलाई जोगाउन आफूहरु संघर्षमा उत्रनुपरेको बताए ।

उनले भने, ‘केपी ओलीले संसद् विघटन गरेका होइनन् । संविधानमा यो व्यवस्था पनि छैन । प्रधानमन्त्रीलाई यो अधिकार पनि छैन । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै विघटन गरेका हुन् ।’

हेरौँ भिडियो

प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने अवस्था सिर्जना भएको बताए ।

अहिलेको विवाद पदको नभएर विचारको भएको दाबी गर्दै उनले ओलीले पद र शक्तिका लागि मात्रै पार्टी एकता गरेको  आरोप लगाए ।

‘हामीले पार्टी र देशलाई बलियो बनाउन पार्टी एकता गरेका थियौँ। तर, उहाँले प्रधानमन्त्री पद र शक्तिको लागि मात्रै पार्टी एकता गरेका रहेछन्। अरू सबै सहमति त किर्ते नै रहेछ’ उनले भने।

नेकपामा जबजको आधार र सिद्धान्तलाई सबैभन्दा पहिले ओलीले त्यागेको आरोप लगाए । यसअघि पनि विभिन्न कार्यक्रममा प्रचण्डले ओलीले सबैभन्दा पहिले जबज त्यागेको बताउँदै आएका थिए ।

उनले नेपालको इतिहासमा महिला आन्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरि एक पटक आन्दोलनमा सक्रिय भएर जाग्न अनुरोध गरेका थिए । उनले माघ ९ गते विशाल प्रदर्शनमार्फत जनताको शक्ति देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ५५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ