‘फुलबुट्टे सारी’ लाई युट्युबमा २ करोड बढी भ्यूज (भिडियो) « Khabarhub

‘फुलबुट्टे सारी’ लाई युट्युबमा २ करोड बढी भ्यूज (भिडियो)


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजनराज शिवाकोटीले रचना गरेको गीत ‘फुलबुट्टे सारी’ को फिमेल भर्सनलाई छोटो समयमा नै २ करोडभन्दा बढीले हेरेका छन् ।

यो गीत युट्युबमा सार्वजनिक भएको ३९ औं दिनमा २ करोडभन्दा बढीले हेरेका हुन् । यो समाचार तयार पार्दासम्म यो भिडियोलाई २ करोड १७ लाखले हेरेका छन् ।

मिलन नेवारको स्वर रहेको यो गीतमा पल शाह र मलिका महतको अभिनय छ ।

युट्युबमा यो गीत ओर्जिनल गीतभन्दा बढी हेरिएको हो । गीतको भिडियोमा मलिका र पलको अभिनयलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा तयार पारिएको यो म्युजिक भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

बाह्र वर्षअघि नै रेकर्ड गरिएको यो गीत केही समयअघि टिकटकमा एकाएक हिट भएको थियो । गीत हिट भएपछि गायक मार्मिक लामाले सो गीत पुनः रेकर्ड गराएका थिए ।

सो गीत दर्शकले सर्वाधिक रुचाएका थिए । त्यसपछि यो गीतको फिमेल भर्सन तयारी पारी भिडियो सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ६ : ३५ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु