उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : माधव नेपाल « Khabarhub

उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : माधव नेपाल


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सत्ता टिकाउने दाउमा मात्र लागिरहेको आरोप लगाएका छन ।

संसद विघटन गरेर चुनाव घोषणा गरेपनि चुनाव नहुने तर्क गर्दै उनले प्रधानमन्त्री ओलीले जसरी पनि सत्ता टिकाउन खोजेको आरोप लगाएका हुन् ।

सोमवार (आज) राजधानीमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।

उनले भने, ‘उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ ।

प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दुरुपयोग गरेको समेत अध्यक्ष नेपालले आरोप लगाए ।

अध्यक्ष नेपालले आफूहरुसँग स्पष्ट बहुमत भएको दाबी गर्दै सूर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरे । नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका ओलीको सूर्य अस्ताउँदो रहेको टिप्पणी गरे ।

‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउँदो सूर्य चिन्ह त हाम्रो हो’, उनले भने ।

संसद विघटन असंवैधानिक कदम भएको भन्दै निर्णायक आन्दोलनको आवश्यकता भएको उनले बताए ।

कार्यक्रममा प्रचण्ड माधव पक्षकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीका विरुद्ध उत्रिने बेला आएको बताइन ।

विदेशीको डिजाइनमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने र राष्ट्रपतिले त्यसलाई एक मिनेट पनि नसोची ‘ओके’ गर्नु भनेको मुलुकलाई संकटको भुमरीमा पार्नु भएको उहाको भनाइ थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ६ : ५३ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले