मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन « Khabarhub

मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

 

काठमाडौँ– मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।

तराई मधेस राष्ट्रिय परिषद्ले माइतीघरमा आयोजना गरेको कार्यक्रममा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो ।

सो क्रममा सहभागीहरुले प्रदेश दुईको लोकसेवामा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई क्षमता अनुसार १० प्रतिशत आरक्षण गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहमा हुने निर्वाचनमा प्रमुख पदमा १० प्रतिशत सहित परिवारलाई कोटा तोक्नुपर्ने मााग गरेका छन् । त्यस्तै सहिद परिवारलाई उचित राहत क्षतिपूर्ति लगाएतका व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा सहित परिवार तथा घाइते हकहित संरक्षण समितिका सल्लाहकार सरोज यादवले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झानामा बलिदानी दिवस मनाएको बताए ।

हरेक वर्ष माघ ५ गते मधेस केन्द्रीत दलहरु र संघ संस्थाले बलिदानी दिवस मनाउदै आएका छन् ।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : २८ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा