मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन « Khabarhub

मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

 

काठमाडौँ– मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।

तराई मधेस राष्ट्रिय परिषद्ले माइतीघरमा आयोजना गरेको कार्यक्रममा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो ।

सो क्रममा सहभागीहरुले प्रदेश दुईको लोकसेवामा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई क्षमता अनुसार १० प्रतिशत आरक्षण गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहमा हुने निर्वाचनमा प्रमुख पदमा १० प्रतिशत सहित परिवारलाई कोटा तोक्नुपर्ने मााग गरेका छन् । त्यस्तै सहिद परिवारलाई उचित राहत क्षतिपूर्ति लगाएतका व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा सहित परिवार तथा घाइते हकहित संरक्षण समितिका सल्लाहकार सरोज यादवले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झानामा बलिदानी दिवस मनाएको बताए ।

हरेक वर्ष माघ ५ गते मधेस केन्द्रीत दलहरु र संघ संस्थाले बलिदानी दिवस मनाउदै आएका छन् ।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : २८ बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र