यसरी निको पार्नुहोस् घरेलु विधिबाट निरन्तर लागेको खोकी « Khabarhub

यसरी निको पार्नुहोस् घरेलु विधिबाट निरन्तर लागेको खोकी


६ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मौसम परिवर्तनको समयमा रूघाखोकीले खुबै सताउँछ । अझ चिसोको समयमा रूघाखोकी लाग्नु त अधिकांश मानिसको साझा समस्या हो ।

कफकारक खाद्य पदार्थहरु सेवन गर्‍यौँ हाम्रो छातीमा कफ जम्मा हुन थाल्दछ । बिस्तारो बढ्दै गएर घाँटीमा काँडा बिझाएजस्तो, घाँटी चिलाएजस्तो र खाना खान कष्ट हुने र घ्यार घ्यार बढ्दै गएर खोकेको आवाज निस्किन थाल्छ यसैलाई खोकी भनिन्छ ।

खोकी विशेषगरी चिसोका कारण हुने हुँदा बच्चा र बुढाबुढीलाई बढी सताउने गरेको पाइन्छ ।

खोकी लाग्नुका कारकतत्व

बातकारक

हृदय, कनपटी, मस्तिष्क, उदर र पाश्र्वमा शूल चल्नु, मुख सुक्नु, शक्ति तथा आवाज नष्ट हुनु, खाना खाने समयमा घाँटीमा पीडा हुनु, सुख्खा खोकी लाग्नु, बोल्दा आधा शब्द मात्र निस्किनु आदि ।

पित्तकारक :

टाउकोमा जलन, ज्वरो, मुख मलिन हुनु, मुख सुक्नु, तिर्खा लाग्नु, कटु वमन हुनु र शरीर पहेँलो हुनु आदि ।

कफकारक :

मुख कफले भरिनु, मस्तिष्क पीडा हुनु, खाना खान अरुचि हुनु, शरीर भारी हुनु, कण्ठ चिलाउनु र मुखबाट थुकमा कफका डल्लाहरु निस्किनु आदि ।

घरेलु उपचार

१.  सुठोको घोल (सुठोलाई पिसेर आठ गुना पानीमा उमाल्नुहोस्, एक चौथाई शेष रहँदा छान्नुहोस) दैनिक सेवन गर्दाले सबै प्रकारका खोकीहरु ठीक हुन्छन् ।

२.  पिप्पली, हर्राको बोक्रा पोहकमूल, सुठो, कचू र नागरमोथेको चूर्ण सखरमा मिलाएर आधा ग्रामका गोलीहरु बनाउनुहोस् र दुई दुई गोली दैनिक खानाले सबै प्रकारका खोकीहरु ठीक हुन्छन् ।

३.  कटियाली, गुर्जो, सुठोको घोल बनाएर पिउनाले खोकी ठीक हुन्छ । यसलाई क्षुद्रादी घोल भनिन्छ ।

४.  कालो मरिच, हर्रोको बोक्रा, पिप्पली तथा सुठोलाई पिसेर सखर हालेर गोलीहरु बनाउनुहोस् । तीन गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

५.  कालो मरीच, नागरमोथे तथा सिघीमुहारालाई पिसेर बनाएको चूर्णलाई अदुवाको रससँग मिलाएर मूँगका बराबरका गोलीहरु बनाउनुहोस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

६.  आँकको फूलको बीचको फुली र ल्वाङलाई पिसेर मूँग या चनाका बराबर गोलीहरु बनाउनुस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

७.  कालो मरीच एक आँकको बीचको फुली— दुवैलाई पिसेर कालो मरीचका बराबर गोलीहरु बनाउनुहोस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

८.  आँकको पात, मनसिल, सुठो, कालो मरीच र पिप्पली— यी सबै चीजहरुलाई सुर्तीसँग चिलिममा भरेर पिउनाले खोकी ठिक हुन्छ ।

९.  सानो कटियाली घोल बनाएर राख्नुहोस् र त्यसमा पिप्पलीको चुर्ण हालेर दैनिक खानाले खोकी ठीक हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ५ : ४५ बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका