यसरी निको पार्नुहोस् घरेलु विधिबाट निरन्तर लागेको खोकी « Khabarhub

यसरी निको पार्नुहोस् घरेलु विधिबाट निरन्तर लागेको खोकी


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मौसम परिवर्तनको समयमा रूघाखोकीले खुबै सताउँछ । अझ चिसोको समयमा रूघाखोकी लाग्नु त अधिकांश मानिसको साझा समस्या हो ।

कफकारक खाद्य पदार्थहरु सेवन गर्‍यौँ हाम्रो छातीमा कफ जम्मा हुन थाल्दछ । बिस्तारो बढ्दै गएर घाँटीमा काँडा बिझाएजस्तो, घाँटी चिलाएजस्तो र खाना खान कष्ट हुने र घ्यार घ्यार बढ्दै गएर खोकेको आवाज निस्किन थाल्छ यसैलाई खोकी भनिन्छ ।

खोकी विशेषगरी चिसोका कारण हुने हुँदा बच्चा र बुढाबुढीलाई बढी सताउने गरेको पाइन्छ ।

खोकी लाग्नुका कारकतत्व

बातकारक

हृदय, कनपटी, मस्तिष्क, उदर र पाश्र्वमा शूल चल्नु, मुख सुक्नु, शक्ति तथा आवाज नष्ट हुनु, खाना खाने समयमा घाँटीमा पीडा हुनु, सुख्खा खोकी लाग्नु, बोल्दा आधा शब्द मात्र निस्किनु आदि ।

पित्तकारक :

टाउकोमा जलन, ज्वरो, मुख मलिन हुनु, मुख सुक्नु, तिर्खा लाग्नु, कटु वमन हुनु र शरीर पहेँलो हुनु आदि ।

कफकारक :

मुख कफले भरिनु, मस्तिष्क पीडा हुनु, खाना खान अरुचि हुनु, शरीर भारी हुनु, कण्ठ चिलाउनु र मुखबाट थुकमा कफका डल्लाहरु निस्किनु आदि ।

घरेलु उपचार

सुठोको घोल (सुठोलाई पिसेर आठ गुना पानीमा उमाल्नुहोस्, एक चौथाई शेष रहँदा छान्नुहोस) दैनिक सेवन गर्दाले सबै प्रकारका खोकीहरु ठीक हुन्छन् ।

२.  पिप्पली, हर्राको बोक्रा पोहकमूल, सुठो, कचू र नागरमोथेको चूर्ण सखरमा मिलाएर आधा ग्रामका गोलीहरु बनाउनुहोस् र दुई दुई गोली दैनिक खानाले सबै प्रकारका खोकीहरु ठीक हुन्छन् ।

३.  कटियाली, गुर्जो, सुठोको घोल बनाएर पिउनाले खोकी ठीक हुन्छ । यसलाई क्षुद्रादी घोल भनिन्छ ।

४.  कालो मरिच, हर्रोको बोक्रा, पिप्पली तथा सुठोलाई पिसेर सखर हालेर गोलीहरु बनाउनुहोस् । तीन गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

५.  कालो मरीच, नागरमोथे तथा सिघीमुहारालाई पिसेर बनाएको चूर्णलाई अदुवाको रससँग मिलाएर मूँगका बराबरका गोलीहरु बनाउनुहोस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

६.  आँकको फूलको बीचको फुली र ल्वाङलाई पिसेर मूँग या चनाका बराबर गोलीहरु बनाउनुस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

७.  कालो मरीच एक आँकको बीचको फुली— दुवैलाई पिसेर कालो मरीचका बराबर गोलीहरु बनाउनुहोस् । एक गोली दैनिक खानाले खोकी ठीक हुन्छ ।

८.  आँकको पात, मनसिल, सुठो, कालो मरीच र पिप्पली— यी सबै चीजहरुलाई सुर्तीसँग चिलिममा भरेर पिउनाले खोकी ठिक हुन्छ ।

९.  सानो कटियाली घोल बनाएर राख्नुहोस् र त्यसमा पिप्पलीको चुर्ण हालेर दैनिक खानाले खोकी ठीक हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ४५ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन