छालामा दाद देखियो ? यसरी गर्नुहोस् उपचार « Khabarhub

छालामा दाद देखियो ? यसरी गर्नुहोस् उपचार


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दादको समस्याले पनि कतिपय मानिसहरू पीडित छन् । छालामा गोलो गोलो दागहरु हुन्छन्, जसको चारैतर्फ स–साना दानाहरु हुन्छन्, त्यसमा जलन हुन्छ र चिलाउँछ ।

कहिलेकाहीँ पीप पनि निस्किन्छ, त्यसैलाई नै दाद भनिन्छ । अँग्रेजीमा त्यसलाई रिङ्गवार्म भनिन्छ । यो एक ठाउँबाट अर्को ठाउँमा फैलिँदै जान्छ तथा हातखुट्टा, कम्मर, काखी एवं तिघ्रामा सर्दछ । यो विशेष गरी खराब आहार–विहार, मलमूत्र आदिको अवरोध, असन्तुलीत जीवनयापन आदिका कारण लाग्ने गर्छ ।

लक्षण

गोलो दाग र त्यसको पूरै गोलाईमा स–साना राता दानाहरु निस्किनु, दागको बीचको छाला उठेको देखिनु, चिलाउनु एवं एक सानो दागबाट अर्को ठाउँमा फैलिनु आदि यसका लक्षण हुन् ।

घरेलु उपचार

— दूबो, हर्रोको बोक्रा, सिधेनुन, पवारी (एक प्रकारको झार)को बीउ, कने (एक प्रकारको रुख जहाँ सेतो, पहेँलो वा रातो रङ्गको फूल फुल्छ) को बोक्रा— यी सबैलाई दहीमा पिसेर लेप लगाउनाले दाद ठीक हुन्छ ।

— अमलासार गन्धक, सुहामा एवं कपूरलाई मिलाएर लेप लगाउनाले केही दिनमा नै दाद ठीक हुन्छ ।

३. ४ ग्राम नीलोतुथो, ४ ग्राम सुहागा र २० ग्राम बाबरीलाई जलभाडरेको रसमा सात पटक घोलेर लेप लगाउनााले दाद ठीक हुन्छ ।

४. रायोलाई पिसेर लेप लगाउनाले दाद ठीक हुन्छ ।

५. तित्रीको बीउलाई कागतीको रसमा पिसेर लगाउनाले दाद केही दिनमा नै ठीक हुन्छ ।

६. गोमूत्रमा नीमको पात पिसेर लगाउनाले दाद नष्ट हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारबाट

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ५९ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति