प्रदेश २ द्वारा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन « Khabarhub

प्रदेश २ द्वारा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय संचालनमा ल्याएको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पताल प्रारङ्गणमा मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रतिष्ठानलाई अगाडि बढाउन हरेक किसिमको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । सबै रोगको उपचार प्रादेशिक अस्पतालभित्रै होस् भन्ने जनताको वर्षौदेखिको आकांक्षा अब पूरा हुने उनले विश्वास व्यक्त गरे ।

विगतभन्दा अहिले अस्पतालको अवस्थामा सुधार आएको पनि दावी गरे ।

‘अहिले सुरुवात हो । चिन्ता गर्नुपर्दैन । यँहा एमएस, एम्डी, एमबीबीएस लगायत सबै पढाइ हुन्छ,’ उनले भने,’सरकारी अस्पतालमा काम गर्ने डाक्टरले निजी क्लिनिक संचालन गर्न नपाउने नीति प्रदेश सरकार बनाउन लागेको छ ।’

उनले डाक्टरको तलब कम्तिमा डेढ लाख हुनुपर्ने पनि बताए । तलब सम्मानजनक नरहेकाले नै नीजि क्लिनिक संचालन गर्न डाक्टरहरु बाध्य हुने गरेको उनको भनाइ थियो ।

यस्तै सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रतिष्ठानको कार्यालय स्थापना भएपछि अब प्रदेशबासीको ठूलो सपना पूरा भएको बताए ।

‘सामान्य विरामी पनि प्रदेश १ वा प्रदेश ३ मा गएर उपचार गराउनुपर्छ । जसका कारण यस प्रदेशबाट धेरै रकम अन्य प्रदेशमा पुग्छ । त्यसैले पनि सबै रोगको उपचार होस् भन्ने उदेश्यले प्रतिष्ठान गठन भएको छ ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : २५ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो