दुई वर्षको गैँडा मृत फेला « Khabarhub

दुई वर्षको गैँडा मृत फेला


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन । बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार  निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा करिब दुई वर्ष उमेरको पोथी बच्चा गैँडा मृतावस्थामा फेला परेको छ ।

सो गैँडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए ।

मृत्युको कारणबारे थप अध्ययनका लागि आवश्यक नमूना सङ्कलन गरी भेटेरिनरी शाखामा पठाइएको उनले बताए । उक्त बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन् ।

चालु आर्थिक वर्षको हालसम्म योसहित २५ गैँडा मरेका छन् । तीमध्ये चार वटा शिकारीले मारेका हुन् भने २१ प्राकृतिक कारणले मरेका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ९ : १० बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो