चुनाव गतिविधि बढाउँदै निर्वाचन कार्यालय « Khabarhub

चुनाव गतिविधि बढाउँदै निर्वाचन कार्यालय


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेपछि जिल्ला निर्वाचन कार्यालय इलामले पनि चुनावी गतिविधिबारे बुझ्न थालेको छ ।

केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला निकायसँग परामर्श थालेको छ । कार्यालयले सरोकारवालासँग चुनावी आचारसंहिता, चुनावी गतिविधिबारे जानकारी लिन/दिन थालेको छ ।

अब बन्ने आचारसंहिताको मस्यौदामा सामाजिक सञ्जालमार्फत गरिने चुनावी प्रचारप्रसारदेखि भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनको सङ्ख्यालगायतमा विभिन्न व्यवस्था गरिँदैछ ।

राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्ने निर्वाचन प्रचारका सामग्रीमा पनि यसअघि भन्दा केही संशोधन गरी आचारसंहिता तयार हुँदैछ ।

चुनाव प्रचारमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि संलग्न हुन नहुने, उनीहरूले चुनावी प्रचारका लागि सार्वजनिक तथा निजी यातायातका साधनसमेत प्रयोग गर्न नपाउनेलगायतको व्यवस्था आचारसंहितामा गरिँदैछ ।

यसअघि उम्मेदवारले चारपाङ्ग्रे हलुका सवारी साधन बढीमा चार वटासम्म प्रयोग गर्नसक्ने व्यवस्था रहेकामा अब दुई वटामात्रै प्रयोग गर्न पाउने प्रस्ताव मस्यौदामा छ ।

यसअघि जारी आचारसंहिताभन्दा केही फरक व्यवस्थासहित नयाँ आचारसंहिता तयार गर्न आयोग जुटेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : ४० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको