चुनाव गतिविधि बढाउँदै निर्वाचन कार्यालय | Khabarhub Khabarhub

चुनाव गतिविधि बढाउँदै निर्वाचन कार्यालय


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले चुनावी गतिविधिबारे बुझ्न थालेको छ ।

केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला निकायसँग परामर्श थालेको छ । कार्यालयले सरोकारवालासँग चुनावी आचारसंहिता, चुनावी गतिविधिबारे जानकारी लिन/दिन थालेको छ ।

अब बन्ने आचारसंहिताको मस्यौदामा सामाजिक सञ्जालमार्फत गरिने चुनावी प्रचारप्रसारदेखि भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनको सङ्ख्यालगायतमा विभिन्न व्यवस्था गरिँदैछ ।

राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्ने निर्वाचन प्रचारका सामग्रीमा पनि यसअघि भन्दा केही संशोधन गरी आचारसंहिता तयार हुँदैछ ।

चुनाव प्रचारमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि संलग्न हुन नहुने, उनीहरूले चुनावी प्रचारका लागि सार्वजनिक तथा निजी यातायातका साधनसमेत प्रयोग गर्न नपाउनेलगायतको व्यवस्था आचारसंहितामा गरिँदैछ ।

यसअघि उम्मेदवारले चारपाङ्ग्रे हलुका सवारी साधन बढीमा चार वटासम्म प्रयोग गर्नसक्ने व्यवस्था रहेकामा अब दुई वटामात्रै प्रयोग गर्न पाउने प्रस्ताव मस्यौदामा छ ।

यसअघि जारी आचारसंहिताभन्दा केही फरक व्यवस्थासहित नयाँ आचारसंहिता तयार गर्न आयोग जुटेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ११ : ०२ बजे

सहासी चुङ्बा : जसले हुम्लामा तीन दिन पछ्याएर खिचेका थिए जंगली याकको फोटो

काठमाडौं- कलेजोको क्यान्सरसँग जुधिरहेका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा ६४

अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५

मनाङमा पहिलो हिमपात, किसान खुसी

मनाङ– हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

चितवन– विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन,

काठमाडौं अदालतमा रवि लामिछानेबारे थुनछेक बहस

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अदालतमा उपस्थित