पिसाब रोकिने समस्याबाट यसरी पाउनुस् मुक्ति « Khabarhub

पिसाब रोकिने समस्याबाट यसरी पाउनुस् मुक्ति


६ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुत्राशयमा कुनै कारणवश जम्मा भएर पिसाब निस्किनमा रोकावट भयो या बिल्कुल रोकियो भने त्यसलाई ‘मूत्र अवरोध’ या पिसाब रोकिनु भनिन्छ ।

यो रोग विशेष गरी पत्थरी, खानामा तरलपदार्थको मात्रा कम हुनु, खानामा नुनको अधिकता, सल्फोनामाइड्स, मर्करी आदि औषधिहरु एवं प्रोस्टेट ग्रन्थिमा संक्रमण आदिका कारण हुनेगर्छ ।

लक्षण

— पिसाव कम या थोपा थोपा आउनु या बिल्कुल नआउनु ।

— छिनछिनमा पीडाका साथ पिसाव आउनु,

— पिँडुलामा पीडा हुनु आदि ।

घरेलु उपचार

१.  शिलाजितको सेवन गर्नाले पिसाव रोकिने समस्या ठीक हुन्छ ।

२.  २० ग्राम काँक्राको बीउ २० ग्राम धनियाँ राति पानीमा भिजाएर प्रातःकाल त्यही पानीमा पिस्नुहोस् र छान्नुहोस्, त्यसपछि ४ ग्राम सिधेनुन हालेर पिउनाले पिसाव रोकिन ठीक हुन्छ ।

३.  त्रिफलाको घोलमा दूध र सखर हालेर पिउनाले पिसावमा हुने अवरोध तथा कष्ट ठीक हुन्छ ।

४.  तिल र कपासको बीजको रस मह र दहीसँग खानाले पनि पिसावको रोकावट बन्द हुनछ ।

५.  कमलको जरा र तिललाई गोमूत्रमा पिसेर पिउनाले पिसावको रोकावट ठीक हुन्छ ।

६.  कपासको बीज, त्रिफला र सिधेनुनको २० ग्राम चूर्ण तातोपानीसँग खानाले पिसावको रोकावट ठीक हुन्छ ।

७.  ८ ग्राम गुलावको वृक्षको खरानी र ४ ग्राम सोचर नुन रक्सीसँग पिउनाले रोकिएको पिसाव खुल्दछ ।

साभार– घरेलु आयुर्वेदिक उपचारबाट

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ५ : ४० बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका