संसद विघटनपछि पहिलो पटक गृहनगर आउँदै प्रधानमन्त्री « Khabarhub

संसद विघटनपछि पहिलो पटक गृहनगर आउँदै प्रधानमन्त्री


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रतिनिधीसभा विघटनको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक गृहजिल्ला झापा आउने भएका छन् ।

आगामी फागुन १६ गते उनी झापा आउने उनको सचिवालयले जनाएको छ । ओलीको सचिवालय सदस्य नेकपा झापाका नेता होमबहादुर थापाका अनुसार १६ गते बिहान पहिलो उडानमार्फत ओली झापा आउने र बेलुका फर्कने कार्यतालिका छ ।

विभिन्न पूर्वाधारहरुको शिलन्यास र उद्घाटनका लागि सरकारी कार्यक्रम अनुसार प्रधानमन्त्रीको झापा एवम् गृहनगर भ्रमण तय भएको सचिवालयले जनाएको छ ।

यस्तो छ, कार्यतालिका
ओली झापा आएपछि पहिलो कार्यक्रमका लागि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको क्याम्पा पुग्ने छन् । त्यहाँ कमल खोलामा निर्माण भएको पुल उद्घाटन गर्ने कार्यक्रम छ ।

यसपछि दमक १ बाट ईलामको चुलाचुली जोड्ने रतुवा खोलामा पुल शिलान्यासको कार्यक्रम तय गरिएको छ । सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थापनको पुलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहिबाट एकैचोटी शिलान्यासको घोषणा हुनेछ ।

औद्यागिक पार्कको पनि शिलान्यास
पूर्वीनेपालमा चर्चामा रहेको चाईना–नेपाल फ्रेण्डसीप क्लिन ईण्डष्ट्रियल पार्कको समेत ओलीले आगामी फागनु १६ गते शिलान्यास गर्नेछन् ।

दमक १०, कमल–७ र गौरादह–५ को संगम स्थलमा पार्कको शिलान्यास पछि सोही ठाउँमा आयोजना हुने सभामा ओलीले सम्बोधन गर्ने जनाईएको छ ।

सचिवालयका अनुसार दिनभरिका अन्य कार्यक्रममा भने सम्बोधनको सुची रहेको छैन । सो कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार मन्त्री वशन्त नेम्वाङ, प्रदेश १ का प्रदेश प्रमुख तथा मुख्यमन्त्री शेरधन राई एवम् पूर्वसभामुख सुवास नेम्वाङ पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  २ : १२ बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं– परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा