नेपालमा नै मल कारखाना स्थापना गर्न छलफल हुँदै « Khabarhub

नेपालमा नै मल कारखाना स्थापना गर्न छलफल हुँदै


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन् ।

आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन ।

“धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरू भएको छ”, उनले भनिन्, “किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ ।”

आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिइन् ।

एक प्रश्नका जवाफमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेत्री अर्यालले निर्वाचनको प्रक्रिया शुरू भएपछि राजनीतिक दल दर्ता प्रकिया र चिह्न हस्तान्तरण प्रक्रियासँगै आधिकारिकताको विषयको विवाद टुङ्गिने बताइन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  २ : २१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा