चलचित्र पत्रकारको फोटोग्राफी र भिडियोग्राफी कार्यशाला | Khabarhub Khabarhub

चलचित्र पत्रकारको फोटोग्राफी र भिडियोग्राफी कार्यशाला


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा बिहीबारबाट तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । चलचित्र विकास बोर्डमा सुरु कार्यशालामा ४० बढी पत्रकारको सहभागिता रहेको छ ।

कार्यशालाको शुभारम्भ गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने बताए ।

राजनीतिक पत्रकारिता गर्नेहरुले चलचित्र पत्रकारितालाई कुनामा राख्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले चलचित्र पत्रकारिता राजनीतिक पत्रकारिताभन्दा अगाडि आउनुपर्ने जनाए ।

चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले कोरोना महामारीको समयमा पनि चलचित्र पत्रकारहरुले पत्रकारितालाई जारी राखेकोमा आभार व्यक्त गरे ।

नयाँ कार्यसमिति आएपछि व्यवसायिक चलचित्र पत्रकारितालाई प्रभावकारी बनाउन थुप्रै योजना बनाए पनि कोरोनाले सम्भव हुन नदिएको उनले बताए ।

कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : २० बजे

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार