मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आयो : पूर्वराजा शाह « Khabarhub

मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आयो : पूर्वराजा शाह


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले निषेध र विभेदको राजनीति शुरु भएको समेत आरोप लगाएका छन् ।

‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’ पूर्वराजाद्वारा जारी सन्देशमा भनिएको छ ।

उनले प्रजातन्त्रको सिद्धान्त अनुरुप मुलुकमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् ।

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै बिषयमा विवाद, द्वन्द्व र बहस भइरहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न ।’

यस्तो छ शुभकामना सन्देश

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ४५ बजे

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण