काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कुनै पनि टोलीले लिएन ।
लगातार तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका लामिछाने बिहीबार भएको खेलाडीको ‘अक्सन’मा बिकेनन् ।
अक्सनमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो।
मोरिस आईपीएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने। यस्तै १४ करोड २५ लाख भारतीय रुपैयाँमा अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले किनेको छ।
उनका लागि सुरुवाती रकम २ करोड भारतीय रुपैयाँ रहेको थियो।
आईपीएलको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ।
सन्दीपलाई दिल्ली डेयरडेभिल्सले सन् २०१८ मा पहिलोपटक आईपीएलका लागि आबद्ध गरेको थियो। उनी आधारमूल्य २० लाख भारुमा आबद्ध भएका थिए।
प्रतिक्रिया