तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री साह « Khabarhub

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री साह


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने बताएका छन् ।

रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने जिकिर गरेका हुन् ।

यसैगरी मन्त्री साहले दोहोरो चरित्रका कारण नेपाली काँग्रेस साँघुरिँदै गएको बताए ।

डिभिजन सडक कार्यालयद्वारा आज आयोजित पक्की सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले काँग्रेसका केही नेता अदालतको फैसला हेर्ने बताइरहेका छन् भने अर्काथरी आन्दोलन गरेर दोहोरो चरित्र प्रदर्शन गरिरहेको उल्लेख गरे ।

यसैगरी मन्त्री साहले बाल्चनपुर जङ्गलसैया सडकखण्डअन्तर्गत गुजरा नदीको पुलको शिलान्यास गरे ।

कूल रु ६ करोड ८५ लाख ४३ हजार लागतमा निर्माण हुन लागेको ५० मिटर लम्बाइ ११ मिटर चौडाइको पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, कटहरियाका प्रमुख सियाराम कुश्वाहा, मौलापुरका प्रमुख रिनाकुमारी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक सिद्धीविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक सुरजसेन ओलीलगायतले विकासका लागि सडक पूर्वाधार नै पहिलो खुड्किलो रहेको जनाएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : १५ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका