‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भुसाल पक्राउ « Khabarhub

‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भुसाल पक्राउ


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भेषराज भुसाललाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ ।

विप्लव नेकपासहित चार पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाको बुटवलमा आयोजित जनसभामा सम्बोधन गरी फर्किदै गर्दा भुसाललाई प्रहरीले बुटवलको मिलनचोकबाट पक्राउ गरेको हो ।

माघ २९ गते काठमाडौंमा मोर्चा घोषणा गरिएपछि आज पहिलो पटक बुटवलमा संयुक्त सभा भएको हो।

मोर्चाको जनसभामा भुसालसहित नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, नेकपाका संयोजक ऋषि कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका विश्व भक्त दुलाल आहुती, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी लगायतले सम्बोधन गरेका थिए ।

सभाअघि चौराहाबाट ट्राफिक चोकसम्म र्‍याली निकालिएको थियो । मोर्चाले पहिलो चरणको कार्यक्रम अन्तरगत धनगढी र इँटहरीमा जनसभा गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : ४९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा