‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भुसाल पक्राउ « Khabarhub

‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भुसाल पक्राउ


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भेषराज भुसाललाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ ।

विप्लव नेकपासहित चार पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाको बुटवलमा आयोजित जनसभामा सम्बोधन गरी फर्किदै गर्दा भुसाललाई प्रहरीले बुटवलको मिलनचोकबाट पक्राउ गरेको हो ।

माघ २९ गते काठमाडौंमा मोर्चा घोषणा गरिएपछि आज पहिलो पटक बुटवलमा संयुक्त सभा भएको हो।

मोर्चाको जनसभामा भुसालसहित नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, नेकपाका संयोजक ऋषि कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका विश्व भक्त दुलाल आहुती, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी लगायतले सम्बोधन गरेका थिए ।

सभाअघि चौराहाबाट ट्राफिक चोकसम्म र्‍याली निकालिएको थियो । मोर्चाले पहिलो चरणको कार्यक्रम अन्तरगत धनगढी र इँटहरीमा जनसभा गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : ४९ बजे

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप