सुभाषचन्द्र बोसको एक प्रेरक प्रसङ्ग « Khabarhub

सुभाषचन्द्र बोसको एक प्रेरक प्रसङ्ग


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुभाषचन्द्र बोस जर्मनीमा थिए । भारतमा विदेशी सरकार उनीसँग भयभीत थियो । अङ्ग्रेजहरुले नेताजीको निधन भयो भनेर उनका बारेमा भ्रम फैलाउँथे । नेताजीले ती खबर चुपचाप सुन्थे ।

एक पटक यस्तो खबर आयो, सुनेर नेताजीका आँखाबाट तपतप आँसु झर्न थाल्यो । उनका साथीले सुभाषचन्द्रलाई सान्त्वना दिँदै भने— ‘नेताजी तपाईं चिन्तित नहुनुहोस् । कुनै मानिसको जीवनकालमा ऊ मरेको खबर फैलिन्छ भने उसको उमेर बढेर जान्छ ।’

नेताजीले आँसु पुछ्दै भने— यो कुरा त मलाई पनि थाहा छ । अँग्रेजहरुले मेरा बारेमा भ्रामक हल्ला फैलाएकोमा मलाई अलिकति पनि चिन्ता छैन, तर आमाले जब यो खबर पाउलिन् उनलाई कस्तो होला भन्ने कुराले मलाई सताउँछ ।’

नेताजीका आँखा फेरि रसाए ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : ५५ बजे

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई