भारतमा २४ घण्टामा थपिए यो वर्षकै धेरै संक्रमित « Khabarhub

भारतमा २४ घण्टामा थपिए यो वर्षकै धेरै संक्रमित


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ को धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १४ लाख ७३ हजार ९५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १७० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार २४९ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ६० हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ५३ हजार ७४६ छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ७ : ०५ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट