एमाले संसदीय दलको बैठक आज, खनाल-नेपाल समूहले बहिष्कार गर्ने « Khabarhub

एमाले संसदीय दलको बैठक आज, खनाल-नेपाल समूहले बहिष्कार गर्ने


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको संसदीय दलके बैठक आज बस्दैछ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेको खनाल-नेपाल समूहले संस्थापन पक्षलाई चुनौती दिँदै राष्ट्रिय भेला गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बैठक  डाकेका हुन् ।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा उपस्थित हुन मोबाइलमा म्यासेज गरिएको प्रमुख सचेतक भट्टराईले बताए ।

फागुन ११ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित भएको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव मात्रै पारित गरेर स्थगित भइरहँदा  कसरी प्रस्तुत हुने भन्नेबारे अध्यक्ष ओलीले सांसदहरूलाई आजको बैठकमा निर्देशन दिने भट्टराईले बताए ।

तर एमालेको आजको संसदीय दलको बैठकलाई खनाल-नेपाल पक्षले बहिष्कार गर्ने भएको छ । राष्ट्रिय भेलामा व्यस्त हुनुपर्ने भएको कारण देखाउँदै सो समूहले बैठक बहिष्कार गर्न लागेको हो ।

राष्ट्रिय कार्यकर्ता भेला आज साँझ ५ बजेसम्म चल्ने भएकाले अरू कार्यक्रममा जान नसकिने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा खनाल-नेपाल समूह छ ।

ओलीले फागुन २८ मा गरेको केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेरलगायतका निर्णय सच्चिनु पर्ने बताउँदै आएको छ । तर, त्यसका लागि खनाल-नेपाल समूह बैठकमा सहभागी हुनुपर्ने ओली पक्षको अडान छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ७ : ५० बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,