कुवेतको प्रतिबन्ध खुल्यो, नेपालसहित ८ मुलुकलाई प्रवेश अनुमति | Khabarhub Khabarhub

कुवेतको प्रतिबन्ध खुल्यो, नेपालसहित ८ मुलुकलाई प्रवेश अनुमति


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना महामारीका करण कुवेतले लामो समयदेखि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अब नेपालसहित ८ देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने जनाइएको छ ।

प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँगै अब आगामी मार्च २५ तारिखदेखि नेपालसहित बहराइन, युएई, भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतका विदेशी श्रमिकहरुले सिधै कुवेत प्रवेशको अनुमति पाउने भएका हुन् ।

कुवेत प्रवेश गर्नु अघि कोरोना पीसीआर परिक्षण गरेको हुनुपर्ने तथा रिपोर्टमा नेगेटिभ आएको ७२ घण्टा भित्रमा कुवेत प्रवेश गरिसक्नु पर्ने जनाइएको छ ।

पीसीआर रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्तिमा पनि ज्वरो, रूघाखोकी जस्ता लक्षणहरू नदेखिएको हुनुपर्ने अरब टाइम्सले जनाएको छ ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित सबै एयरलाइन्सलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर प्रमाणपत्र प्रमाणित गर्नका लागि सर्कुलर जारी गरिएको नागरिक उड्डयनका उपाध्यक्ष इन्जी सालेह अल-फदागीले बताएका छन् ।

सेप्टेम्बरपछि खोप नलगाएका कामदारको आवासीय अनुमति पत्र नविकरण नहुने

यसैबी कुवेतले आगामी सेप्टेम्बरपछि कोरोना विरुद्धको खोप नलगाएका आप्रवासी कामदारको आवासीय अनुमति पत्र (भिसा) नविकरण नगर्ने जनाएको छ ।

खोप नेपालीसहित आप्रवासी कामदारलाई निःशुल्क वितरण गरेको छ । स्वास्थ्य मन्त्रालयको वेभ साइटमा आफ्नो विवरण भरेपछि मोबाइलमा अपोइन्ट्मेन्टको म्यासेज दिनेगरी खोपको व्यवस्था मिलाएको कुवेत सरकारले जनाएको छ ।

कोरोना संक्रमण पढेपछि कुवेतले गत मार्च ७ तारिखदेखि एक महिना सम्मको लागि बेलुका ५ देखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ९ : ०५ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १