कांग्रेस नेता अशोक कोइरालाको निधन « Khabarhub

कांग्रेस नेता अशोक कोइरालाको निधन


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाली कांग्रेस नेता अशोक कोइरालाको आज बिहान निधन भएको छ ।

नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइराला विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर समेत थिए । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो ।

संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएकोमा उनको आज बिहान १ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

अशोक पूर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोइरालाका सहोदर भाइ हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : ५० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना