कांग्रेस नेता अशोक कोइरालाको निधन « Khabarhub

कांग्रेस नेता अशोक कोइरालाको निधन


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाली कांग्रेस नेता अशोक कोइरालाको आज बिहान निधन भएको छ ।

नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइराला विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर समेत थिए । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो ।

संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएकोमा उनको आज बिहान १ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

अशोक पूर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोइरालाका सहोदर भाइ हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : ५० बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।