हिन्दु धर्माबलम्बीले तिलक लगाउने कारण यस्तो ? « Khabarhub

हिन्दु धर्माबलम्बीले तिलक लगाउने कारण यस्तो ?


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु सनातन धर्ममा टीका वा तिलक लगाउनु अत्यन्त महत्वपुर्ण मानिन्छ । कुनै पनि पुजापाठ होस् वा धार्मिक कार्य वा कुनै शुभ मांगलिक कार्य होस् हिन्दुहरु टीका र तिलक लगाउने गर्दछन् ।

धार्मीक कार्यमा मात्र होइन, कतै यात्रा निस्कनु परे, परीक्षामा जानु अघि वा कुनै कामको शुरुवातमा समेत हिन्दुहरु निधारमा टीका र तिलक लगाउने गर्दछन् । तर किन हिन्दुहरु निधारमा टीका वा तिलक लगाउँछन् त ?

मानिसको शरीरमा ऊर्जाका ७ स–सना केन्द्र हुने गर्दछ जसलाई हिन्दुहरु चक्र भन्दछन् । यो चक्रमा अपार शक्ति हुने धार्मीक मान्यता छ । तिलक वा टीको निधारको बिचमा लगाउँदा ठिक यो चक्रमाथि पर्दछ । जो ७ चक्रमध्येको सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

निधारको चक्रलाई आज्ञा चक्र भनिन्छ । जो स्पष्टता र बुद्धिको केन्द्र मानिन्छ । यसैमा शरीरका ३ प्रमुख नाडि – चन्द्र नाडी, सूर्य नाडी र केन्द्रीय, मध्य नाडीको आएर मिलेको हुन्छ । यहीँबाट पूरै शरीरको सञ्चालन गर्ने धार्मीक मान्यता छ ।

तिलक वा टीका हमेशा आज्ञा च्रकमाथि लगाइन्छ । तिलक वा टीका लगाउँदा साईली अर्थात अनामिका औलाद्वारा लगाउनु पर्दछ । यसो गर्नाले मान–सम्मान र प्रतिष्ठा प्राप्त हुने मान्यता छ ।

तिलक लगाउनुको फाइदा
– धार्मिक मान्यता अनुसार चन्दनको तिलक लगाउदाँ मनुष्यको पाप नाश हुन्छ । साथै कैयौं समस्याहरु नष्ट भएर जान्छ । चन्दनको तिलक लगाउदा सौभाग्य वृद्धि हुने मान्यता छ ।

– मानसिक शान्ति र ऊर्जाको प्राप्तिकालागी तिलक लगाउनु लाभदायक मानिन्छ । मान्यता अनुसार तिलक लगाउँदा व्यक्तिको स्वभावमा सुधार आउँछ ।

– ज्योतिष शास्त्रको मान्यता अनुसार तिलक वा टीको लगाउँदा ग्रहको शान्ति हुने गर्दछ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : २६ बजे

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान