कोरोनाको जोखिमले पूँजीगत खर्चमा गिरावट : अर्थ मन्त्रालय « Khabarhub

कोरोनाको जोखिमले पूँजीगत खर्चमा गिरावट : अर्थ मन्त्रालय


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थ मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यले गति लिन नसक्दा अपेक्षित पूँजीगत खर्च हुन नसकेको जनाएको छ ।

मन्त्रालयले अर्थ बुलेटिन सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म विकास खर्च न्युन हुनुमा कोभिड-१९ महामारी नै मुख्य कारण भएको बताएको हो ।

अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म १७.८ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । यस अवधिमा चालु खर्चमा भने ११.२ प्रतिशतको वृद्धि भएपनि पुँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा १८.७ प्रतिशत कम भएको छ । वित्तीय व्यवस्थामा समेत गत आवको तुलनामा यो वर्ष ३१.७ प्रतिशत कम खर्च भएको छ ।

मन्त्रालयले भनेको छ, ‘खासगरी कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणले गति लिन नसकेको कारण पुँजीगत खर्चले अपेक्षित गति लिन सकेको छैन ।’ यसअवधिमा कुल संघीय खर्च भने ३३.८८ प्रतिशत भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : ३४ बजे

सुरू भयो ‘ट्रम्प गोल्ड कार्ड’ : अब १४ करोड तिरे पाइन्छ अमेरिकी नागरिकता

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ का

थाइल्यान्ड-कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक– कम्बोडियासँग चलिरहेको सीमा झडपमा  नौ थाई सैनिकको मृत्यु हुनुका

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी– यस वर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत

हुम्लाका २५ मतदानस्थल अति संवेदनशील

सिमकोट– यहाँका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति

नयाँबसपार्कमा जथाभाबी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभाबी रुपमा यात्रुको झोला