मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश « Khabarhub

मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम , सासू दुर्गा र उहाँकी बहिनी रम्भा दमाईँलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो ।

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो । अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

बलात्कारी बाबुलाई २५ वर्ष कारागार

छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजायँ सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्‍याई सजायँ सुनाएका हुन् ।

गत असोजमा आफ्नै छोरी बलात्कार गरेको भनी विककी श्रीमतीले दिएको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएका समयमा उनले पटकपटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निज विकलाई कारावास सजायँ सुनाएको बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  २ : ३० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर