सूचीकरण अभियानले किसान खुशी | Khabarhub Khabarhub

सूचीकरण अभियानले किसान खुशी


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिका- १० का किसान देवराज चौधरी औधी खुशी मुद्रामा भेटिए । किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य शुरुआत भएपछि उनमा खुसी छाएको हो ।

उनले भने, ‘सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन सहज हुने देखिएको छ । वास्तविक किसानका हित हुन्छ ।’

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा हालै दर्ता शुभारम्भ गरिएको थियो । समारोहमा उनीसहित किरन रानाथारु र वडा नं ३ का मनोज पडाललाई नमूनाको रुपमा किसान परिचयपत्र वितरण गरिएको थियो । च्याउखेती गरिरहेका पडालले किसान सूचीकरण कार्यको प्रभावकारी कार्यान्वयनले कृषिमा अब नयाँ युगको शुरुआत हुने बताए ।

उनले भने, ‘सरकारले दिने अनुदानको नीति पनि अब प्रतिफलमा आधारित बनाउन सके कृषि विकासमा फड्को मार्नसक्छ ।’ किसानको शुद्धिकरण गर्दै वास्तविक किसानको पहिचान स्थापित गर्न र परिचयपत्रका आधारमा लाभग्राही किसान छनोट गर्न यो सूचीकरणको काम थालिएको हो ।

स्थानीय तहमार्फत् किसान सूचीकरणको प्रविष्ट गर्न लागिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए । उनले भने,’यसको कार्यान्वयनवाट कृषि पेशलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न मद्दत पुग्ने छ ।’

निर्वाहमुखी र परम्परागत कृषि कार्यमा परिवर्तन गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार ल्याउन पनि यो सूचीकरण कार्य सहयोगी हुने जनाइएको छ । एक तथ्याङ्कका अनुसार झण्डै ६३ प्रतिशत मानिस कृषि पेशामा आबद्ध रहेको अनुमान छ ।

किसानको वास्तविक विवरण पत्ता लगाउनका लागि प्रविधिको प्रयोग गरेर किसानको लगत सङ्कलन अर्थात् सूचीकरण थालिएको हो । यस कार्यले किसानको अभिलेख तयार पारी परिचयपत्रमार्फत् किसानको पहिचान स्थापित गराउने जनाइएको छ ।

कृषिलाई महत्पूर्ण क्षेत्रको रुपमा समेटेको डिजिटल नेपाल फ्रेमवर्कको प्रविधिमा आधारित भएर किसानको अभिलेख तयार गर्न लागिएको जनाइएको छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न किसानले तोकिएको विवरण प्रविष्ट गर्नुपर्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ३ : १० बजे

ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा

प्रचण्ड भन्छन्- मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ

दैलेख– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका

युरोपियन युनियनका राजदूतहरूबाट प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार