‘मोडल हन्ट नेपाल’मा ६८ प्रतिष्पर्धी « Khabarhub

‘मोडल हन्ट नेपाल’मा ६८ प्रतिष्पर्धी


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’मा ३५ युवा र ३३ युवती गरी ६८ जना प्रतिष्पर्धी छनोट भएका छन् । प्रतियोगिताको फिनाले चैत १४ मा हुँदैछ ।

प्रतिष्पर्धीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले र्‍याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतिकरणका विषयमा प्रशिक्षण दिइरहेका छन् ।

त्यस्तै माल्भिका सुब्बा, थेन्डुप शेर्पा, सुवर्ण खड्का, सुजन श्रेष्ठ र लुजा मेकअप स्टुडियोले फेसन सजगता, स्टाइलिङ, मेकअपको ज्ञान, संचार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटोसुट लगायत विषयमा प्रशिक्षण दिदैछन् ।

रवि धमला र एत्ना पाण्डेको निर्देशनमा सञ्चालन हुने प्रतियोगिताको फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सोही अनुरुप सञ्चालन हुनेछ ।

नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको प्रतियोगिताका सहभागी ग्राण्ड फिनालेमा आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी फेसन डिजाइनहरुसहित इन्टा अटायरका फेसन डिजाइनर इन्टा श्रेष्ठले तयार पारेको सुन्दर र विशिष्ट पहिरनमा र्याम्प नाप्नेछन् ।

प्रतियोगिताका विजेताले कोरियामा हुने ‘एलबीएमए अवार्ड’, गोवामा मे महिनामा आयोजना ‘गोवा फेसन वीक’लगायतका प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ४ : ३० बजे

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य