अब छिट्टै नयाँ सरकार गठन हुन्छ : अध्यक्ष प्रचण्ड « Khabarhub

अब छिट्टै नयाँ सरकार गठन हुन्छ : अध्यक्ष प्रचण्ड

ओलीले एमालेमा गुट चलाएको आरोप


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् ।

सिन्धुलीमाढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले नयाँ सरकार गठनका विषयमा दलहरूबीच छलफल भइरहेको र सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने बताए ।

उनले सरकारको नेतृत्व कसको हुन्छ भन्ने विषयमा भने टुंगो लागिनसकेको जानकारी दिए । नयाँ सरकार गठनका लागि छलफल भइरहे पनि आफू र आफ्नो दल माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेको दोहो¥याए ।

कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा चलिरहेको बताउँदै प्रचण्डले निष्कर्षमा भने पुग्न बाँकी रहेको बताए ।

‘पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएकै हो ।’ उनले भने अब पनि सहकार्य हुन सक्छ ।’

एमालेभित्रको विवादबारे चर्चा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कपी शर्मा ओलीले गुट चलाएको आरोप लगाए । एमालेको नेतृत्व नगरेर ओलीले गुट चलाएको प्रचण्डको भनाइ थियो । सर्वोच्चको फैसलापछि ओली र माधवकुमार नेपाल एमाले बने पनि ओलीले एकलौटी पेल्न खोजेर रमिता देखाएको उनले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ४ : १३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको