अब छिट्टै नयाँ सरकार गठन हुन्छ : अध्यक्ष प्रचण्ड « Khabarhub

अब छिट्टै नयाँ सरकार गठन हुन्छ : अध्यक्ष प्रचण्ड

ओलीले एमालेमा गुट चलाएको आरोप


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् ।

सिन्धुलीमाढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले नयाँ सरकार गठनका विषयमा दलहरूबीच छलफल भइरहेको र सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने बताए ।

उनले सरकारको नेतृत्व कसको हुन्छ भन्ने विषयमा भने टुंगो लागिनसकेको जानकारी दिए । नयाँ सरकार गठनका लागि छलफल भइरहे पनि आफू र आफ्नो दल माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेको दोहो¥याए ।

कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा चलिरहेको बताउँदै प्रचण्डले निष्कर्षमा भने पुग्न बाँकी रहेको बताए ।

‘पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएकै हो ।’ उनले भने अब पनि सहकार्य हुन सक्छ ।’

एमालेभित्रको विवादबारे चर्चा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कपी शर्मा ओलीले गुट चलाएको आरोप लगाए । एमालेको नेतृत्व नगरेर ओलीले गुट चलाएको प्रचण्डको भनाइ थियो । सर्वोच्चको फैसलापछि ओली र माधवकुमार नेपाल एमाले बने पनि ओलीले एकलौटी पेल्न खोजेर रमिता देखाएको उनले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ४ : १३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,