गाडी भाडा बढाउन यातायात व्यवसायीको माग « Khabarhub

गाडी भाडा बढाउन यातायात व्यवसायीको माग


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवसायीले गाडी भाडा बढाउन सरकारसँग माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।

२०६५ चैत २० गते सरकारले तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पाटपूर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिलको ६५ प्रतिशत योगदान रहने आधार तयार गरेको थियो ।

तर सो आधार अनुसार बिमा, कर, बैंक, पाटपूर्जाजस्ता सामग्रीको मूल्यवृद्धिको आधारमा २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएको महासंघको दाबी छ ।

यातायात व्यवसायीले भाडा बढाउन माग गरे पनि उपभोक्ता अधिकारकर्मीले भने कोरोना महामारीका कारण आर्थिक समस्या झेली रहेका उपभोक्ता थप मारमा पर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ४ : ३४ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक