राज्य सत्ता र राजनीतिक दलहरु जनताको निगरानीमा रहनुपर्छ : नेता पुन (भिडियोसहित) « Khabarhub

राज्य सत्ता र राजनीतिक दलहरु जनताको निगरानीमा रहनुपर्छ : नेता पुन (भिडियोसहित)


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले राज्य सत्ता र राजनीतिक दलहरु समेत जनताको निगरानीमा रहनुपर्ने बताएका छन् ।

विकसित २१ सताव्दीको समाजवादी व्यवस्थाको कुरा गर्दै गर्दा यसको मर्म भनेको जनताबाट चुनिनुपर्ने नै भएको उनले बताएका हुन् ।

२३औं सांस्कृतिक प्रतिरोध दिवस को अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित ‘आजको समाजवाद र संगठनात्मक संस्कृति’ विषयक अन्तरक्रियामा नेता पुनले चुन्ने र चुनिने खालको जनवादी अभ्यासमा जाने वित्तिकै राजनीति सुध्रिने जिकिर गरे ।

नेता पुनले अब लेलिनकालीन र माओकालीन नभई २० औं सताव्यदीका समाजवादी क्रान्तिबाट पाठ सिकेर विकास गर्नुपर्ने पनि बताए ।

हेरौँ भिडियो

फरक प्रसंगमा उहाले प्रधानमन्त्री केपी ओलीले समाजवादको बाटो छोड्न खोजेकाले समस्या सिर्जना हुन थालेको जिकिर गरे ।

एक पटक नेता भएपछि सधैं नेता नहुने, एक पटक क्रान्तिबाट जन्मिएको सत्ता सधैं क्रान्तिकारी नहुने, नोकरशाही हुने खतरा रहेको बताउँदै उनले राज्य सत्तालाई जनताको निगरानीमा राख्ने कुरा यसैको मर्म अनुसार आएको बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १० : ५९ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक