मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ : नेता सिंह (भिडियोसहित) « Khabarhub

मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ : नेता सिंह (भिडियोसहित)


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौं २९ घट्टेकुलोस्थित प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व कांग्रेसले गर्नुपरे पनि पछि हट्न नहुने बताए ।

जनताले कम्युनिष्टलाई म्यान्डेड दिए पनि कम्युनिष्ट सरकार असफल देखिएको नेता सिंहको भनाइ छ ।

हेरौँ भिडियो

उनले संविधान विरोधी र लोकतन्त्र विरोधी काम गर्ने प्रधानमन्त्री ओलीको सरकारलाई छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिए ।

५ वर्षको म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाँकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने आफूहरुको धारणा रहेको उहाले बताए ।

नेता सिंहले राजनीतिलाई सेवा भन्दा पनि स्वार्थ केन्द्रीत गर्दा जनतामा निराशा छाएको बताए।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ७ : २१ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग