प्रिमियरमा रुचाइयो ‘कमेडी च्याम्पियन सिजन २’ « Khabarhub

प्रिमियरमा रुचाइयो ‘कमेडी च्याम्पियन सिजन २’


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर गरिएको छ । काठमाडौंको छाया सेन्टरमा ‘सिजन २’ को पहिलो भाग देखाइएको हो ।

प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइएको थियो । जज मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुतिबाट सुरु गरिएको पहिलो भागमा टप २४ मा परेका ४ प्रतियोगीको प्रस्तुति देख्न सकिन्छ ।

प्रतियोगिताको सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुति दिए । कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालले पनि पहिलो भागमा नै आफ्नो प्रस्तुति दिएका छन् । यी चारै प्रतियोगीको प्रस्तुतिलाई जजले राम्रो प्रतिक्रिया दिए ।

जजले रुचाएका यी चार प्रस्तुतिलाई प्रिमियरमा उपस्थित व्यक्तिहरुले पनि निकै रुचाए ।

‘कमेडी च्याम्पियन सिजन २’ को प्रशारण २१ फागुनबाट नै सुरु भएको थियो । तर, फिजिकल अडिसनबाट उत्कृष्ट २४ छानेपछि मात्रै ग्राण्ड प्रिमियर गरेको हो ।

यस वर्ष कमेडी च्याम्पियनमा सहभागी हुन ६ हजार भन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय २० जनालाई फिजिकल अडिसनका लागि बोलाइएको थियो ।

शोमा यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज छन् । विशाल भण्डारीको निर्देशन रहेको यस शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपूर टिभीमा प्रशारण हुन्छ । त्योसँगै यस शोलाई ‘ओएसआर रियालिटी’ नामक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ९ : २० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी