आइपीएल : मुम्बइसँग हैदराबाद पराजित « Khabarhub

आइपीएल : मुम्बइसँग हैदराबाद पराजित


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइपीएलको साविक विजेता मुम्बइ इन्डियन्सले दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।

मुम्बइले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रनमा समेटिदा मुम्बइ १३ रनले विजयी भयो ।

हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे ।

हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

मुम्बइका लागि क्विन्टन डी ककले ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ३२ रन बनाए ।

हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए । जितसँगै मुम्बइ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइले ३ खेलमा ४ अंक जोडेको छ ।

लगातार तेस्रो हार बेहोरेको हैदरावाद ३ खेलमा अंक विहीन रहदै पुछारमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : ५५ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम