बिस्केट जात्रामा ठड्याइएको लिङ्गो ढालियो « Khabarhub

बिस्केट जात्रामा ठड्याइएको लिङ्गो ढालियो


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आइतबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।

प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा ठड्याइएको उक्त लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो ।

बिस्केटमा उठाइने लिङ्गो हेर्नाले शत्रु नाश हुने र बैभव प्राप्त हुने जनविश्वस रहेको जानकारहरूको भनाई छ । बिस्केट जात्रा भित्रको महत्वपूर्ण जात्रा लिङ्गो ठड्याउने जात्रा भएकाले विधिपूर्वक पूजापाठ गरी लिङ्गो ढालिएको जनाइएको छ ।

त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर शुरू भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : १६ बजे

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ